‘प्रसाद २’को निर्देशक परिवर्तन, सुदर्शन थापा भित्रिए !



२०७५ सालको समीक्षात्मक र व्यावसायिक दुवै रुपमा सफल चलचित्र ‘प्रसाद’को सिक्वेल निर्माणबारे चर्चा चलेको लामो समय भइसकेको छ । कोरोना महामारी अगावै ‘प्रसाद २’को घोषणा गरिएको थियो । सौरभ चौधरीलाई निर्देशकमा भित्राएर निर्माता सुभाष थापाले स्क्रिप्टको कामलाई अगाडि बढाएका थिए । तर, अब चलचित्रको निर्देशक नै परिवर्तन भएको खबर प्राप्त छ ।

सौरभ चलचित्रबाट बाहिरिएको र निर्देशकमा सुदर्शन थापा भित्रिएको विश्वस्त स्रोतको दाबी छ । केही दिनदेखि उनी लेखक सुशील पौडेलसँग नयाँ बानेश्वरको एक होटलमा बसेर स्क्रिप्टलाई अन्तिम रुपम दिन व्यस्त रहेको बताइन्छ । यद्यपि, निर्माण टिमले निर्देशकमा सुदर्शन थापा भित्रिएको बारेमा जानकारी दिएको छैन । सुदर्शनले लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई स्थापित गरेका छन् ।

सिक्वेलमा ‘प्रसाद’कै तीन प्रमुख कलाकारहरु विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतले अभिनय गर्दैछन् । उनीहरुसँग कागजी सम्झौता भइसकेको छ । अहिले विपिन चलचित्र ‘के घर के डेरा’को छायांकनमा व्यस्त रहेकाले यसपछि ‘प्रसाद २’को छायांकन सुरु गर्ने योजनामा निर्माण टिम छ । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । चलचित्रले एक दाम्पत्य जोडीको कथा भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu