‘वेलकम टू हेम्जाकोट’ गीत रिलिज, अलिसासँग विनोदको डान्स



आगामी कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टू हेम्जाकोट’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मायाको रेडियो’ बोलको आइटम गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर रहेको छ भने राज सागरको संगीत र प्रज्ज्वल अधिकारीको शब्द रचना छ ।

गीतको भिडियोमा मोडल अलिशा शर्मासँग चलचित्रका मुख्य अभिनेता विनोद न्यौपानेले ठुम्का लगाएका छन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । सुरज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बुद्धि तामाङ, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल, स्वर्गीय जयनन्द लामा, अम्बिका तामाङ, अस्मिता पन्त, शारदा गिरीलगायतको पनि अभिनय छ ।

तेजप्रसाद दाहालको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा सुमन खड्का र निर्मातामा जितेन्द्र गिरी छन् । प्रविण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाँई, आइतराम तामाङ, युवराज कटुवाल, सशांक खड्का र गोपाल सानु सह–निर्माता रहेको चलचित्रमा दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu