के प्रदीपसँग ‘हुतुतु’ गर्दैछिन् नीति ?



मोडलिङ क्षेत्रमा १० वर्ष विताएपछि नीति शाह चलचित्रमा फड्को मार्ने तयारीमा छिन् । यसै वर्ष चलचित्रमा डेब्यू गर्ने उनको योजना छ । उनले चलचित्रमा डेब्यू गर्न अहिलेका दुई चर्चित अभिनेता अनमोल केसी र प्रदीप खड्काको साथ खोजेको बताइन्छ । उनीहरु दुवैसँग नीतिको राम्रो सम्बन्ध छ । अनमोल र नीति मल्पी स्कुलका क्लासमेट हुन् भने नीति र प्रदीपले केही विज्ञापनमा एकसाथ काम गरेका छन् ।

अनमोल र प्रदीप दुवैको स्टारडम बलियो भएकाले उनीहरुको चलचित्रबाट डेब्यू गर्दा करिअरलाई अगाडि बढाउन सहज हुने सोचाई नीति शाहमा देखिन्छ । यस्तैमा, उनले प्रदीप खड्काको चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । प्रदीपले चलचित्र ‘प्रेमगीत ३’ रिलिजपछि अभिनय गर्न लागेको चलचित्र ‘हुतुतु’को अफर डेढ वर्ष अगाडि नीतिलाई गरिएको जानकारी प्राप्त छ ।

निर्माता सन्तोष सेनले पनि नीतिलाई ‘हुतुतु’ अफर गरेको स्वीकार गरे । तर, केही समयदेखि नीतिसँग चलचित्रको बारेमा कुराकानी नभएको उनको भनाई छ । अब चलचित्र ‘प्रेमगीत ३’ रिलिजपछि मात्र कुरा अगाडि बढाउने उनले बताए । यो बीचमा अनमोलको चलचित्रबाट प्रस्ताव नआए नीतिले ‘हुतुतु’लाई नै पर्खिने स्रोत बताउँछ । दर्शकहरुले प्रदीप र नीतिको जोडीलाई निकै रुचाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu