नीताको ‘ह्रस्व दीर्घ’मा साउथका अलीको प्रवेश



अभिनेत्री नीता ढुंगानाले निर्माण र अभिनय गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा एकपछि अर्को साउथ इन्डियन कलाकारहरुको प्रवेश भइरहेको छ । साउथका दुई चर्चित कलाकारहरु प्रदीप रावत र सुनिल वर्मापछि यो चलचित्रमा साउथका अर्का प्रख्यात कलाकार अलीको पनि प्रवेश भएको छ । बुधवार भारतको मुम्बईमा अलीसँग चलचित्रका निर्देशक चन्द्र पन्तले कागजी सम्झौता गरेका हुन् ।

कमेडी चरित्रमा अली सर्वाधिक रुचाइएका कलाकार हुन् । उनले ८ सयभन्दा बढी तेलुगू र तमिल चलचित्रमा अभिनय गरेका छन् । पहिलो पटक नेपाली चलचित्रमा अभिनय गर्न अली उत्साहित रहेको निर्देशक पन्तले बताए । अब उनी साउथका अर्का चर्चित कलाकार ब्रह्मानन्दमलाई साइन गराउने प्रयत्नमा छन् । चलचित्रमा बलिउडका केही चर्चित कलाकारलाई पनि अनुबन्ध गराउने प्रयासमा निर्माण टिम छ ।

नीताको होम प्रोडक्सन कम्पनी ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रमा नीतासँगै अभिनेता तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारको पनि मुख्य भूमिका रहनेछ । साउनबाट छायांकन सुरु हुने चलचित्रमा साउथका कलाकारलाई कास्ट गर्न ठूलो खर्च गरिसकेको निर्माण टिमले छायांकनमा पनि करोडौं रुपैयाँ खर्चिँदैछ । चलचित्रको लागत १० करोडमाथि अनुमान गरिएको छ ।

चलचित्रलाई बलिउड छायांकार कविरलालले खिच्नेछन् । हाल स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको छ । नीताले चलचित्रको नाम र स्क्रिप्टको प्रतिलिपि अधिकार पनि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिसकेकी छन् । अब कसैले ‘ह्रस्व दीर्घ’को कथा, संवाद र प्लट प्रयोग गर्न पाउने छैनन् । भारतको हैदराबादमा अवस्थित संसारकै ठूलो स्टूडियो ‘रामोजी फिल्म सिटी’मा चलचित्रको छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu