‘झिँगेदाउ’को गीतमा केकी र आँचलको छमछमी



ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को एक गीत बाहेकको छायांकन कोरोना महामारीभन्दा अगाडि नै सकिएको थियो । निर्देशक देउजाले गीत बाहेकको पोस्ट प्रोडक्सनको काम पनि सकाइसकेका छन् । निर्देशक देउजाले ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको एक गीतको पनि छायांकन सकाएका छन् ।

केही दिनदेखि लगातार रुपमा गीतको छायांकन भइरहेको थियो । बुधवार चलचित्रको गीतको छायांकन सक्ने योजनामा निर्देशक देउजा भएपनि वर्षाका कारण चलचित्रको छायांकन बिहीबार मात्र सकिएको हो । गीतमा मात्रै १५ लाख बढि खर्च भएको निर्देशक देउजाले बताए । कथाको माग अनुसार कुनै कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रो खर्च भएको उनको भनाई छ ।

चलचित्रमा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड छन् । गीतमा नाचिरहेका कलाकारले गीत निकै मिठो भएको हुँदा भिडियोमा पनि सोही अनुसार मेहनत गरेको सुनाए । ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu