खगेन्द्र निर्देशित ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक



आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको दुईमध्ये एक पोस्टरमा अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतको चरित्र लुक्समा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा कुहिरोभित्र हराउँदै गएको एक व्यक्तिलाई भेट्न दौडिएकी एक महिला पात्रलाई देख्न सकिन्छ ।

अभिनेता खगेन्द्र लामिछानेले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । उनले चलचित्र निर्देशन गर्नुको कारणबारे भिडियो सन्देशमा भनेका छन्, ‘मेरो एउटा सपना थियो कमसेकम एउटा चलचित्र निर्देशन गर्ने । धेरैले सोध्नुभयो कलाकार र लेखक हुँदा हुँदै किन चलचित्र निर्देशन गर्नुपर्‍यो भनेर । सपनाको कुनै उत्तर हुँदैन । त्यसैले मैले ‘पानीफोटो’ निर्देशन गरेँ ।’

चलचित्रको लेखक पनि स्वयंम खगेन्द्र नै हुन् । खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई चलचित्रको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको छ । टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । चलचित्रमा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu