पत्रकारलाई सम्मान गर्दै चलचित्र पत्रकार संघ दाङ शाखाले मनायो वार्षिकोत्सव



चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आफ्नो १४औँ वार्षिकोत्सव मनाउँदै सात जना पत्रकारलाई सम्मान गरेको छ । शनिवार तुलसीपुरको रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रमका बीच संघका दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा संघले वार्षिकत्सव मनाएको हो ।

चलचित्र पत्रकार संघले दाङ शाखाका उपाध्यक्ष सन्तोष केसीले स्थापना गरेको ‘चमन बहादुर रंग पत्रकारिता पुरस्कार २०७९’बाट नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले स्थापना गरेको ‘भागवता बसन्त रंग पत्रकारिता पुरस्कार २०७९’बाट सेतोपाटीका संवाददाता नारायण खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गर्‍यो ।

यस्तै, संघले राष्ट्रिय रंग पत्रकारिता सम्मानबाट संघका केन्द्रीय महासचिव समिर बलामी र राष्ट्रिय कलाकारिता सम्मानबाट पत्रकार तथा निर्माता/निर्देशक केएल पिडितलाई सम्मानित गर्‍यो भने पत्रकारिता सम्मानबाट रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम र गोरक्ष दैनिकका प्रकाशक शुलोचना गौतम सम्मानित भए ।

संघको वार्षिकोत्सव कार्यक्रमका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले चलचित्र क्षेत्रको उत्थान र प्रवद्र्धन गर्न र कोभिडपछि दाङ जिल्लामा बन्द रहेका हल सञ्चालनका लागि पालिका सरकारले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समीर बलामी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पूर्व अध्यक्ष केएल पिडित, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu