चार देशमा विक्री भयो ‘प्रकाश’



दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को चार देशका लागि प्रदर्शन अधिकार विक्री भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार विक्री भएको हो ।

निर्देशक राउतले केही दिन अगाडि सार्वजनिक भएको टिजरलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि विदेशका लागि मात्र चलचित्रको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । नेपालमा रिलिज भएकै मितिमा यी देशमा पनि चलचित्र रिलिज हुने उनको भनाई छ । चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ ।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu