छायाँछबी क्रियसनले ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि चलचित्र आह्वान गरेको छ । फेस्टाका लागि २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने गरि छोटा चलचित्र आह्वान गरिएको आयोजक संस्था छायाँछबिले बताएको छ ।
‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रले भाग लिन पाउनेछन् । छोटा चलचित्र एवं छोटा वृत्तचित्रको अवधि २ मिनटदेखि ५९ मिनटभित्रको हुनुपर्ने बताइएको छ ।

नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं वृत्तचित्रको निर्माणको क्रम बढेको छ । छोटा चलचित्र एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुर्याउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँ छबीका अध्यक्ष शान्तिप्रियले बताए ।
फेस्टामा सहभागी चलचित्रलाई वेष्ट सर्ट चलचित्र फिक्सन, वेष्ट सर्ट चलचित्र फिक्सन निर्देशक, वेष्ट सर्ट चलचित्र डकुमेन्ट्री, वेष्ट सर्ट चलचित्र डकुमेन्ट्री निर्देशक, वेस्ट कन्सेट, स्कृप्ट, वेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, वेष्ट म्यासेज चलचित्र, प्रोत्साहन अवार्ड लगायतका विधामा अवार्ड प्रदान गरिनेछ ।