भदौ १० मा ‘प्रकाश’सँग ‘सम्हालिन्छ कहिले मन’ भिड्ने



आगामी भदौ १० गते नेपाली चलचित्रहरुबीच महासंग्राम हुने देखिएको छ । अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ले ओगेटेर बसेको यो मितिमा अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘द सिक्रेट अफ राधा’ प्रदर्शन हुने निश्चित भइसकेको छ भने यही मितिमा अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शन हुने भएको छ ।

आगामी असार ४ गते एक गीत सार्वजनिक गर्दै भदौ १० गतेलाई ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको जानकारीमा छ । दोस्रो पटक प्रदीप र पूजाको चलचित्र भिड्न लागेका हुन् । यसअघि उनीहरु अभिनीत ‘रोज’ र ‘रामकहानी’ बक्सअफिसमा भिडेका थिए ।

‘प्रकाश’मा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजासँगै सोनम तोप्देन, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu