‘साहु बा’मा प्रियंकाको अभिनय, आयुष्मानको फोटोग्राफी निर्देशन



विवाहपछि चलचित्रमा अभिनय नगरेका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी टेलिभिजन सिरियल ‘साहु बा’मा जोडिएका छन् । सोमवार शुभ मुहूर्त गर्दै छायांकन सुरु भएको सिरियलमा प्रियंकाको मुख्य भूमिका छ भने आयुष्मान फोटोग्राफी निर्देशकको रुपमा छन् ।

फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरियलको निर्देशक सुजोय योङ हुन् । सिरियल काठमाडौं आसपासमा खिचिनेछ । प्रियंकासँगै सिरियलमा सरिता गिरी, अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईं, कविता नेपाली र प्रदीप बाँस्तोलाको मुख्य भूमिका छ । सिरियलमा सरिताले मुख्यमन्त्री र प्रियंकाले प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्नेछन् ।

सरिता सिरियलमा कास्टिङ निर्देशक समेत हुन् । सिरियल पहिलो सिजनमा १३ एसिपोड छायांकन हुने जनाइएको छ । सिरियल एपिवान टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu