‘बाबरी’ गीतमा रोमान्टिक धिरज र अदिती



सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ‘बाबरी रंग’ बोलको गीतमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धिरज मगर फिचर्ड छन् । गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर छ भने गायनमा अस्मिता अधिकारीले गुरुङलाई साथ दिएकी छन् ।

गीतको भिडियो क्वालिटी उच्च देखिन्छ । गीतको अडियो पनि कर्णप्रिय छ । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको गीतले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ । अदितीले ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले गीतबाट धेरै अपेक्षा राखेको बताइन् । त्यस्तै, धिरजले कथा मन परेकै कारण अन्तिम समयमा आएर आफूले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, शेखर चापागाईं, उर्मिला बस्नेत, ध्रुव कोइराला, निकेश गुरुङ, निकिता आचार्य, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ ।

बाबरी फिल्मस्को प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी छन् । सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखका हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu