भदौ १७ मा आउने भयो ‘सम्हालिन्छ कहिले मन’



अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि तीन पटक प्रदर्शन मिति घोषणा गरेर पनि विभिन्न कारणले हुन नसकेको चलचित्र अब आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यही शुक्रवार एक गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

भदौ १७ गतेभन्दा अगाडि चलचित्रलाई भदौ १० गते प्रदर्शन गर्ने योजना निर्माण टिमको थियो । तर, यो मितिमा दुई चलचित्र ‘प्रकाश’ र ‘दि सेक्रेट्स अफ राधा’ प्रदर्शनमा आउन लागेकाका कारण ‘सम्हालिन्छ कहिले मन’लाई एक हप्ता पछि सारिएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रको बेलायतमा ४५ दिनसम्म छायांकन भएको थियो ।

एबी इन्टरनेशलको ब्यानरमा निर्मित चलचित्रमा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रबाट नायकको रुपमा सोनम तोप्देनले डेब्यू गरेका छन् । भारतीय मुलका उनी गायक समेत हुन् । उनी तिब्बतमा बस्ने गर्दछन् । सौरभ लामाको छायांकन रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् ।

अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । सुदर्शन थापाले चलचित्रको निर्देशन गरेका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा उनी अब्बल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu