खगेन्द्र निर्देशित ‘पानीफोटो’को मनछुने टिजर



अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३१ सेकेन्ड लम्बाईको टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको निराशा, पीडा, तनाव, दुःख, थकानलाई मार्मिक रुपमा देखाइएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानको अभिनय र गेटअपले ध्यान खिच्छ ।

आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा अनुप र मेनुकाका अलावा खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय रहेको छ ।

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रको काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको हो । चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, चलचित्रमा घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।

टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा खगेन्द्र स्वयंको हो । रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । करीब डेढ दशकअघि गुरुकुलमा ‘पानीफोटो’ नाटक मञ्चन भएको थियो । त्यही नाटकलाई खगेन्द्र लामिछानेले फिल्मको स्वरुपमा ढालेका हुन् । उनले चलचित्र निर्देशन गर्ने आफ्नो सपना पूरा भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu