निहारिका र उनको छोरालाई आफूसँग राख्ने करिश्माको इच्छा



चार दिनदेखि काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशनरत जलेश्वर नगरपालिका–८ की निहारिका राजपुत र उनको छोरालाई अभिनेत्री करिश्मा मानन्धरले आफूसँग राख्ने इच्छा देखाएकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई कारवाहीको माग गर्दै अनशनरत निहारिकालाई छोरा लिएर आफ्नो घरमा आउन करिश्माले आग्रह गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाई बिनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’ करिश्माले निहारिका र उनको २१ महिना बच्चालाई आफ्नो घरमा ल्याउनका लागि सहजीकरण गरिदिन नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई आग्रह गरेको जानकारी प्राप्त छ ।

निहारिकाले बलात्कारको घटनापछि श्रेष्ठविरुद्व जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । तर, जिल्ला अदालत धनुषाले श्रेष्ठलाई सफाई दियो । यसपछि सरकारी वकिलले जनकपुर उच्च अदालतमा मुद्दा पुनरावेदन गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । बलात्कारीलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने , बच्चाको लालनपालन, बच्चाको डिएनए परीक्षणसहित पाँचबुँदे माग राख्दै निहारिका अनशन बसेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu