‘सम्हालिन्छ कहिले मन’ गीतमा पूजा र सोनमको जमेको केमेस्ट्री



सुदर्शन थापाको निर्देशनमा तयार भएको लभस्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द रचना छ । गीतमा शब्द, संगीत र गायनको उत्कृष्ट संयोजन छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर छन् । दुबईको आकर्षण ठाउँहरुमा खिचिएको गीतमा उनीहरुको केमेस्ट्री जमेको छ । भिडियोमा सौरभ लामाको छायांकन उत्कृष्ट छ ।

आगामी भदौ १७ गते प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्रबाट सोनमले नायकको रुपमा डेब्यू गर्दैछन् । चलचित्रमा पूजा र सोनमसँगै आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । गीत सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापाले आफूले राम्रो फिल्म बनाउने प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu