भदौ १७ मा सर्‍यो केकी र आँचलको ‘झिंगेदाउ’



अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘झिंगेदाउ’को रिलिज दुई हप्ता अगाडि सरेको छ । यसअघि भदौ ३१ गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब यो चलचित्र भदौ १७ गतेबाट प्रदर्शनमा आउनेछ । शुक्रवार दुई पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । अब यो चलचित्रको बक्सअफिसमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’सँग भिडन्त हुनेछ ।

‘झिंगेदाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । एक समय कयौं सफल चलचित्र दिएका उनले लामो समयपछि निर्देशनमा पुनरागमन गरेका हुन् । केही दिनअघि १५ लाख खर्चेर निर्माण टिमले एक गीत खिचेको थियो । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । चलचित्रमा केकी र आँचल जेठानी र देवरानीको भूमिकामा छन् । उनीहरुले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

अभिनेता द्वय मुकुन भुषाल र कुशल बिष्टको पनि मुख्य भूमिका रहेको यो चलचित्र भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर निर्माण भएको हो । चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu