असार ९ गतेदेखि ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ हुने



अमेरिकाको म्यारिल्यान्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को नयाँ संस्करण यही जुन २३ देखि २६ सम्म (असार ९ गतेदेखि १२ गतेसम्म) भौतिक रुपमा र अनलाइन (भर्चुअल) बाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुने आयोजक संस्थाले जानकारी गराएको छ ।

पुरानो ग्रीन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्करा’ प्रदर्शन गर्दै महोत्सवको उद्घाटन हुनेछ भने समापनमा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’बाट हुने जनाइएको छ । भौतिक प्रदर्शनी बाहेक महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत चलचित्रहरु हेर्न सकिनेछ ।

विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन् । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिभलमा पुगेका निर्देशक अविनाश बिक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँगले ‘भर्चुअल’ संवादमार्फत् आफ्नो अनुभव साट्नेछन् ।

प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा हुने ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’का लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ । निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछन् । नेपालबाट अनुप सुबेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीमा छन् । महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको छनोट समितिले प्रदर्शनका लागि छानेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu