चलचित्र विकास बोर्डको अध्यक्षका लागि मन्त्रालयले खोल्यो आवेदन



चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले आइतवार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै सूचना जारी भएको १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको हो । आवेदन दिनका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेको छ ।

दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्र्वद्धन तथा प्रर्वद्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

दयाराम दाहालको २ वर्षे कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ । मन्त्रालयले सूचना निकाले पनि राजनीतिक नियुक्ति हुने भएकाले सत्तामा रहेको कांग्रेस निकट चलचित्रकर्मीहरु बोर्ड अध्यक्षको कुर्सी हत्याउन दौडधुप गरिरहेका छन् । बोर्ड अध्यक्षका लागि सम्झना रौनियार उप्रेती, भुवन केसी, मनिष पण्डित, नारायण पुरी, नरेश पौडेललगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu