‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ गीतमा पूजा र आकाशको नृत्य



निमेष प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक भएको छ । ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको डान्सिङ प्याटनको गीत शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले आकर्षक नृत्य गरेका छन् । शिव ढकालले खिचेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । निमेष प्रधान निर्देशित चलचित्रमा पूजा र आकाशसँगै सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्रमा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । यही असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा राजन इशान र सुदर्शन तामाङको संगीत, रामजीसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu