कलाकार नीर शाहको मुख्य भूमिकामा वेब सिरिज ‘सन्ध्या’ बन्ने भएको छ । आइतबार भद्रकाली मन्दिरमा शुभमुहुर्त गर्दै वेब सिरिजको घोषणा गरिएको हो । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन थालिनेछ । आइतबार गरिएको मुहुर्तमा निर्देशक शोभित बस्नेत, कलाकार नीर शाह, हिउँवाला गौतमको उपस्थिति थियो ।

रामजी राउतको निर्देशन रहने वेब सिरिजमा नीर शाहसँगै शोभित बस्नेत, दयाराम दाहाल, हिउँवाला गौतम, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।
वेब सिरिजलाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।