सिड्नीमा रिलीज हुँदै ‘म यस्तो गीत गाउँछु २’



काठमाडौं। नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ उल्लेख्य रुपमा नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा रिलीज हुने भएको छ । आगामी जुलाई ९ तारिखको दिन सिभिक थियटरमा यो चलचित्र प्रदर्शन हुने अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्र वितरण गर्दै आएको कम्पनी नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले बताए ।

नेपसिनेले नेपाल, हङकङ र युके बाहेकका अन्य देशमा यो चलचित्रको प्रदर्शन अधिकार लिएको छ । सिड्नीमा हुने प्रदर्शनमा नेपसिनेले अष्ट्रेलियास्थित इभेन्ट म्यानेजमेन्ट कम्पनी कलर्स अफ नेपालसँग सहकार्य गरेको हो । उक्त प्रदर्शनमा अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाका साथै वितरक विधान कार्की र दिपेन्द्र कार्की पनि सहभागि हुने कलर्स अफ नेपालका बिक्रम पौडेलले बताए । यो चलचित्रको सहकार्यसँगै नेपसिने र कलर्स अफ नेपालबीच अष्ट्रेलियामा अन्य विभिन्न कार्यक्रमहरु एकसाथ गर्ने सहमति भएको पनि पौडेलले जनाए । सिड्नी प्रदर्शन अगावै यो चलचित्रको अष्ट्रेलियाको मेलवर्नमा जुलाई ५ तारिखको दिन प्रदर्शन हुनेछ ।

नेपालमा गत फागुन १३ गते रिलीज भएको यो चलचित्रले व्यापारिक सफलता हासिल गरेको थियो । चलचित्रलाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र चलचित्रको निर्माण टिमसँग सम्पर्क गर्न सकिने कार्कीको भनाई छ ।

सांगीतिक लभ स्टोरी कथामा बनेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा चलचित्रका निर्माता तथा निर्देशक हुन् । जन्म जय साम्पाङ राई सह निर्माता रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu