मलाई चलचित्रले यति कमाओस् होइन, राम्रो चलोस् भन्ने लाग्छ : सौगात मल्ल



अहिलेका सर्वाधिक व्यस्त अभिनेता सौगात मल्लको कोरोना महामारीयता तीन चलचित्र ‘लप्पन छप्पन २’, ‘मन्त्र’ र ‘कबड्डी ४’ प्रदर्शनमा आए । त्यसमध्ये ‘कबड्डी ४’ मात्र सफल बन्न सक्यो । यो चलचित्रले उनको स्टारडम समेत चुल्याएको छ । अब उनी अभिनीत नयाँ चलचित्र ‘घनचक्कर’ असार १० गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला उनी यही चलचित्रको प्रचारमा व्यस्त छन् ।

‘कबड्डी ४’ले बक्सअफिसमा हासिल गरेको ऐतिहासिक सफलताको फाइदा ‘घनचक्कर’लाई पुग्न सक्ने विश्लेषण कतिपयको छ । किनकि, यो चलचित्र प्रदर्शनमा आउँदा ‘कबड्डी ४’ ५औं हप्तामा प्रदर्शन भइरहेको हुनेछ । सौगात भने आफ्नो चलचित्रले यति कमाओस् भन्ने भन्दा पनि, राम्रो चलोस् भन्ने आश हुने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘नचल्न पनि सक्छ र धेरै चल्न पनि सक्छ भन्ने सम्भावना हरेक चलचित्रले बोकेको हुन्छ । तर, मलाई चलचित्रले यति कमाओस् भन्दा पनि राम्रो चलिदियो भने मैले अरु चलचित्रमा काम गर्न पाउँछु भन्ने चाहिँ लाग्छ । काम विना त म आफूलाई पनि कल्पना गर्न सक्दिनँ ।’ ‘घनचक्कर’मा आफूले गाउँबाट शहर आएको पात्रको भूमिकामा अभिनय गरेको सौगातले बताए ।

शहर आएपछि उनको पात्रले पैसा कमाउन गर्ने चक्करको कथा चलचित्रमा देखाइएको छ । वास्तविक जीवनमा पनि संघर्षका दिनमा पैसाका लागि म्यूजिक भिडियोमा अभिनयदेखि नाटक निर्देशनसम्म गरेको उनी सम्झन्छन् । तर, त्यसबाट आफूले धेरै कुरा सिकेको उनको भनाई छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा तयार भएको चलचित्रमा सौगातका अलावा सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्कालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu