फर्स्टलुकमा यस्तो छ दयाहाङ र सौगातको ‘२ नम्बरी’



आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ नम्बरी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको फर्स्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्दि तामाङलाई देख्न सकिन्छ । पोस्टरमा दया र सौगातको गेटअप केही भिन्न छ । फर्स्टलुकले चलचित्रप्रति उत्सुकता जगाउने निश्चित छ ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा छ भने किरण नेपालीले प्रस्तुत गरेका हुन् । किरणले यसअघि चलचित्र ‘पोइ पर्‍यो काले’ निर्माण गरेका थिए, जुन सफल भएको थियो । २ साथीको मित्रताको कथामा चलचित्र निर्माण भएको हो ।

चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । उनको यो चौंथो निर्देशकीय चलचित्र हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’को निर्देशन गरिसकेका छन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu