‘सिल्ली फो’को ट्रेलर : हिरोइन बन्न संघर्ष गर्दै केकी



यही असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा अभिनेत्री केकी अधिकारी हिरोइन बन्न संर्घषरत युवतीको भुमिका प्रस्तुत छिन् भने बाँकी कलाकारलाई पैसा कमाउन भौतारिएको देख्न सकिन्छ ।

ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको चलचित्रमा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् । चलचित्रमा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको पनि अभिनय छ ।

चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानले ट्रेलर काटेका हुन् । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ भने डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

https://www.youtube.com/watch?v=XR9fJtKmn9Y
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu