‘द सिक्रेट अफ राधा’को पोस्टरमा सौगातदेखि खगेन्द्रसम्म



सुवर्ण थापाको निर्देशनमा बनेको चलचित्र ‘द सिक्रेट अफ राधा’को दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । एक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र दिव्य देव पन्तलाई देख्न सकिन्छ ।

त्यस्तै, दोस्रो पोस्टरमा सृष्टि श्रेष्ठ मात्र फिचर छिन् । एक सार्वजनिक गाडीमा सवार उनी निराश मुद्रामा देखिएकी छन् । चलचित्रमा पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतको पनि अभिनय छ । यो चलचित्रमा बरिष्ठ रंगकर्मी सुनिल पोखरेलको ‘गेस्ट अपिरियन्स’ छ । चलचित्रलाई निर्देशक सुवर्ण थापासँग मिलेर अभिनेता सौगात मल्लले निर्माण गरेका हुन् ।

‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu