‘दोख’को नयाँ टिजर रिलिज, द्वन्द्वबीच हुर्किएको प्रेम (भिडियो)



काठमाडौं। नेपाली चलचित्र ‘दोख’को नयाँ टिजर रिलिज भएको छ । असार २४ गते रिलीज हुने यो चलचित्रको टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।

अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ शसस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको छ । राजन कठेतले लेखेका यस चलचित्रमा दिया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu