सगरमाथा चढेपछि यस्तो भएको थियो दीयाको अनुहार



अभिनेत्री दीया पुनले गत जेठमा विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको आरोहण गरेकी थिइन् । उनले करीब ४० लाख व्यक्तिगत खर्चमा सगरमाथा चढेकी हुन् । उनी सगरमाथा आरोहण गर्नुको उद्देश्य तीनवटा सामाजिक संस्थाको च्यारिटीका लागि थियो । सगरमाथाको चुचुरोमा उनले राष्ट्रिय झन्डा फहराएकी थिइन् ।

दीयाले बिहीवार सामाजिक सञ्जालमा सगरमाथा आरोहणपछिको आफ्नो एक तस्विर पोस्ट गरेकी छन्, जसमा उनको अनुहार सुनिएको छ भने गाला र आँखा सुख्खा र राता छन् । उनको निधारमा विविरा पनि देखिएको छ । उनले निन्द्राको कमी, डिहाइड्रेशन (पानीको कमी), हावा र घामको सम्पर्कका कारण यो अवस्था भएको उल्लेख गरेकी छन् ।

दीयाले लेखेकी छन्, ‘अनुहार राम्रोसँग ढाक्नको लागि क्याम्प २ मा जान मैले पहिलो रोटेशनबाट सिकें । तर, जब तपाईं थकित हुनुहुन्छ भने तपाईंले सोच्नु भएको चीजले तपाईंको छालालाई चरम अवस्थाबाट बचाउँछ । मैले कपाल अन्तिम पटक नुहाएको दिन विर्सिएँ । तर, यी सबै कठिनाइसँग, यदी तपाईंले मेरो आँखामा हेर्नुभयो भने पहाड चढ्दाको आनन्द देख्नुहुनेछ ।’

बेलायतको एक अस्पतालमा नर्सको रुपमा कार्यरत दीया सगरमाथा आरोहण गर्नका लागि गत चैतमा नेपाल आएकी थिइन् । सगरमाथाभन्दा अगाडि उनले नेपालको मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित माउन्ट ओकुनकागवाको आरोहण गरेकी थिइन् । चलचित्र ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनको पछिल्लो चलचित्र ‘मन्त्र’ गत बैशाखमा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu