यस्तो छ ‘लाखे’को फर्स्टलुक पोस्टर



मल्टीस्टारर चलचित्र ‘लाखे’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोस्टरमा चारजना पुरुष पात्रहरु डरलाग्दो मुखौटामा प्रस्तुत छन् भने अभिनेता अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा देखिएका छन् । फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति कौतुहलता बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रिलर कथामा बनेको बुझाउँछ ।

सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको मुख्य भूमिका छ । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्यको संगीत छ । आरआर फिल्मस्ले वितरण गर्ने ‘लाखे’ भरपुर मनोरञ्जक बनेको निर्देशक सम्राटले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu