सौगातको ‘घनचक्कर’ले थाल्यो प्रदर्शन



अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । निर्माण भएको चार वर्षपछि प्रदर्शनमा आएको चलचित्रले मल्टीप्लेक्सहरुमा शो र सिंगल थिएटर औसत पाएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा राजधानीमा गरिएको प्रिमियरमा चलचित्रले सुखद् प्रतिक्रिया बटुलेको थियो । चलचित्रले पैसाको चक्करमा लागेका पात्रहरुको कथा भन्छ ।

चलचित्रमा सौगातका अलावा सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय रहेको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट सुर्यनाथ र निर्मातामा करुना अर्याल र संगम भट्ट छन् ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बुको पटकथा तथा संवाद छ । कमेडी जनरामा निर्मित चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu