‘माईकल अधिकारी’ पोस्टरमा सौगातको भिन्न गेटअप



अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘माईकल अधिकारी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुईवटा पोस्टरमध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्कोतिर पैसाको थुप्रो देखाइएको छ । त्यस्तै, अर्को पोस्टरमा सौगात र सृष्टि पैसाको बिछ्याउनामा प्रेमिल भावमा प्रस्तुत छन् ।

चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति भाद्र ३ गतेलाई घोषणा गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन् । चलचित्रमा आत्मीयता, भावनात्मक सम्बन्धसँगैं हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । सौगात मल्लले अन्य चलचित्रभन्दा ‘माईकल अधिकारी’मा आफ्नो भूमिका भिन्न रहेको बताएका छन् । चलचित्रको सम्पुर्ण छायांकन इलाम र झापामा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu