‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक



परिच्छेद सेनको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतको भिडियोमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।

तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् । गीतको कोरियोग्राफीमा एकअर्काप्रति अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई स्पर्श नगरी प्रेमभाव व्यक्त गरिएको छ ।

कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छन्, ‘चलचित्रको टर्निङ पोइन्ट त्यही नै हो र चलचित्रको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैलीभित्र लुकेको छ ।’ टिनएजदेखि युवा अवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।

चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन् ।

चलचित्रमा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइली आदि कलाकारको अभिनय छ । राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu