‘प्रसाद २’बाट निश्चल बाहिरिए



निर्माणको तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ले छायांकनमा नजाँदै विभिन्न उतार-चढावको सामना गरिरहेको छ । केही समय अगाडि सौरभ चौधरीले चलचित्रको निर्देशनबाट बाहिर भएको खबर आएको थियो । त्यसपछि सुदर्शन थापाले निर्देशनमा भित्रिएका थिए । अहिले यो चलचित्रबाट अभिनेता निश्चल बस्नेत बाहिरिएको जानकारी प्राप्त भएको छ । उनले गत वर्ष चलचित्र साइन गरेका थिए ।

यो चलचित्रको अघिल्लो श्रृंखलामा उनको मुख्य भूमिका रहेकाले सिक्वेलमा उनको निरन्तरता हुने भनिएको थियो । निर्माण टिमले उनलाई मोटो पारिश्रमिक दिएको थियो । तर, अब उनी चलचित्रमा नरहने भएका छन् ।

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार, निश्चल करीब दुई हप्ता अगाडि नै चलचित्रबाट बाहिरिएका हुन् । तर, निर्माण टिमले यसबारेमा कुनै जानकारी दिएको छैन । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ भने यथावत् छन् । अहिले निर्देशक सुदर्शन थापा र लेखक सुशील पौडेल ‘प्रसाद २’को स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । चलचित्रलाई सुभाष थापाले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu