‘नाइँ नभन्नू ल ६’मा निखिल-सञ्चिताको छोराले अभिनय गर्लान् ?



निर्देशक विकासराज आचार्य सफल चलचित्र ‘नाइँ नभन्नू ल’को छैटौं सिरिज निर्माणको तयारीमा छन् । लेखक सामिप्यराज तिमल्सिनासँग बसेर स्क्रिप्ट ‘लक’ गरिसकेका आचार्यले चलचित्रका लागि मुख्य भूमिकामा अभिनेत्री आँचल शर्मा र उनको अपोजिटमा नव-नायक आर्शिवाद क्षेत्रीलाई फाइनल गरेका छन् । चलचित्रको छायांकन दशैं अगाडि नै हुने सम्भावना भने न्यून छ ।

‘नाइँ नभन्नू ल’को दोस्रो सिरिजदेखि बाल कलाकारको रुपमा देखिँदै आएका अनुभव रेग्मी छैटौं सिरिजमा हुने छैनन् । हर्लक्कै बढेका कारण उनलाई अब बाल कलाकार भएर अभिनय गर्न नसुहाउने भएकाले निर्देशक आचार्य नयाँ अनुहार खोजिरहेका छन् । यसका लागि उनले अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईटेलका जेठा छोरालाई लिने प्रयास गरेको जानकारी प्राप्त छ ।

निर्देशक विकासराज आचार्यले निखिल र सञ्चितासँग केही चरण कुराकानी गरिसकेका छन् । तर, निखिल अहिल्यै छोरालाई चलभित्रमा ल्याउन उत्ति सकारात्मक नभए पनि सञ्चिताको तर्फबाट ‘ग्रिन सिग्नल’ मिलेको स्रोत बताउँछ । निखिल र सञ्चिताले छोरालाई चलचित्र खेल्न अनुमति दिए ‘नाइँ नभन्नू ल ६’मा आर्थवले आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu