‘लू’ उपन्यासमाथि बन्ने चलचित्रको निर्देशन प्रदीप भट्टराईले गर्ने



निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्रमा निर्देशकको रुपमा आबद्ध भएका छन् । उनले पहिलो पटक पुस्तकमाथि निर्माण हुन लागेको चलचित्रको निर्देशन गर्न लागेका हुन् । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि बन्ने चलचित्रको निर्देशकमा उनको प्रवेश भएको हो । उनले यसअघि ‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन सफल चलचित्र दिइसकेका छन् ।

शनिवार निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच कागजी सम्झौता भएको हो । निर्देशक भट्टराईले मोटो पारिश्रमिक लिएर चलचित्र साइन गरेको जानकारी प्राप्त छ । निर्मात्री निशाले ‘लू’ उपन्यासको मर्मलाई पर्दामा उतार्ने क्षमता आफूले प्रदीप भट्टराईमा देखेको बताएकी छन् । प्रदीपले पनि शब्दलाई दृश्य भाषामा उतार्न कुनै कसर नछाड्ने बताए ।

‘लू’मा कालीप्रसाद बाँस्कोटाले संगीत दिँदैछन् । चलचित्रका लागि कलाकारको टुंगो लागिसकेको छैन । अब निर्माण टिम कलाकार छनोट प्रक्रियामा जाने तयारीमा छ । ‘लू’ उपन्यास पश्चिम नेपालको सीमावर्ती क्षेत्रका जनताले भोग्नुपरेको कथामा लेखिएको छ । यो उपन्यासमाथि नाटक समेत मञ्चन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu