नरेनको भोजपुरी चलचित्र ‘रण’ नेपालको हलमा प्रदर्शन हुने



नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी चलचित्र ‘रण’ नेपालका तीन दर्जन बढी हलहरुमा प्रदर्शन हुने भएको छ । राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा यही शुक्रबारबाट चलचित्र प्रदर्शनमा आउने पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ, यद्धपि विश्वज्योति लगायतका केहि मल्टिप्लेक्स हलहरुमा लाग्ने कन्फर्म भइसकेको छ’, पन्तले भने ।

यो चलचित्र यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट चलचित्रले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । जुलाई १० तारिखबाट दिल्लीमा चलचित्र रिलिज हुनेछ । भोजपुरी चलचित्रको इतिहासमा ट्रेलर रिलिजको छोटो समयमा सर्वाधिक भ्यूज र लाइक पाउने ‘रण’ पहिलो चलचित्र बनेको पन्तले दाबी गरेका छन् ।

एक्सन प्रधान चलचित्रमा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् । ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । चलचित्रमा नरेनसँगै आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन् । निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले चलचित्र निर्माण गरेका हुन् ।

यो चलचित्रमा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् । टिजर र ट्रेलर सम्पादन भने क्रमशः मित्र डि गुरुङ र शाहिल खानले गरेका छन् । महेश पौडेलको छायांकन रहँदा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि चलचित्रमा स्थान लिएका थिए । निर्देशक पन्त पछिल्लो क्रममा भोजपुरी चलचित्रमा, त्यो पनि एक्सन प्रधान चलचित्रमा आफूलाई जबरजस्त प्रमाणित गरेका निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu