‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२२’को उपाधि सिद्धार्थ र जुनाले जिते



काठमाडौं । ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२२’को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका छन् । एभरेष्ट ईभेन्टसद्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैंयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीमार्फत करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न आकर्षक उपहार पाए ।

त्यस्तै कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आकृति पोखरेल ‘सेकेन्ड रनरअप’ भए । विधागत तर्फ ग्लोबल अनलाईन पेमार्फत गरिएको अनलाइन भोटिङमा सर्वाधिक भोट प्राप्त गर्दै शिर्षक नेपाल, न्यिमा वाङ्गमो र प्रेशिका मल्ल ठकुरीले ‘मस्ट पपुलर’को अवार्ड हात पारे । अविलेख राव र लसता मानन्धर ‘अर्गनाइजर च्वाइस’, ‘मिङ्गमार शेर्पा’ र जेनिया गुरुङ ‘ब्राण्ड एम्बासडर’ र पुजा थापा ‘ब्युटी वीथ ब्रेन’ घोषित भए ।

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले सञ्चालन गरेका थिए । प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार इन्टरटेन्मेन्टका सिईओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी सञ्चालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए ।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले एसइई परीक्षा दिएर बसेका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतियोगीको प्रतिभा निखार्ने, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu