अनुप बरालको ‘दोख’ ट्रेलर सार्वजनिक



यही असार २४ गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा माओवादी सशक्त युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ । ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ ।

अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन् । माओवादी द्वन्द्वकालमा सामुदायिक वनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथामा चलचित्र आधारित छ ।

चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ । चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युबराज भट्टराई छन् । यो चलचित्र करीब ७ वर्ष अगाडि निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu