रेनुका लागि ‘प्रकाश’ माइलस्टोन चलचित्र



थुप्रै सफल नाटकमा अभिनय गरिसकेकी रेनु योगीले चलचित्र ‘प्रकाश’बाट ठूलो पर्दामा डेब्यु गर्दैछिन । चलचित्रमा उनले पछिल्लो पुस्ताका स्टार प्रदिप खड्कासँग स्क्रिन सेयर गरेकी छिन । भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्रमा रहेको रेनुको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

आफू र प्रदिप प्रस्तुत पोस्टर सार्वजनिक गर्दै रेनुले प्रदीपको प्रशंसा समेत गरेकी छिन् । प्रदिपलाई स्टार भन्दै उनले ‘प्रकाश’मा सँगै काम गर्दा आफू प्रभावित भएको बताएकी छिन । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै रेनुले प्रदीपले सुरुवातदेखि कथा, पात्र र चरित्रलाई लिएर देखाएको उत्साह, मेहनत अनि लगन देखेर आफु प्रभावित भएको उल्लेख गरेकी छिन । उनले कलाकारिता जीवनमा आफ्ना लागि यो चलचित्र ‘माइलस्टोन’ रहने उनको भनाई छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारीले चलचित्रको निर्माण गरेका हुन् ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu