नेपाल चलचित्र संघको कार्यसमितिले पायो पूर्णता, महासचिवमा नरेन्द्र महर्जन



आगामी तीन वर्षका लागि हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । गत महिना भएको संघको ४७औं साधारण सभाबाट अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ सर्वसम्मतले चयन भएपछि १३ जना सदस्यमा चुनिएका थिए । निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पदाधिकारी चुन्ने विधानअनुसार सबै सदस्यहरुलाई संघले पदीय जिम्मेवारी सुम्पिएको छ ।

सोमबार बसेको संघको बैठकले प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगानालाई मनोनित गरेको छ । त्यस्तै, महासचिवको जिम्मेवारी नरेन्द्र महर्जनले पाएका छन् । यसअघि संघको महासचिवमा अशोक शर्मा थिए । त्यस्तै, उपमहासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिलप्रसाद द्वा चयन भएका छन् ।

संघको कार्यसमिति सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्द शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वल जबरा, सुरेन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य मनोनित छन् । त्यस्तै, पूर्वाञ्चल समिति सभापतिमा निरज गुप्ता र पश्चिमाञ्चल समितिको सभापतिको जिम्मेवारी संघले केदारप्रसाद पराजुलीलाई सुम्पिएको छ ।

सुरेन्द्र कुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ । जसमा दुर्गालाल प्रधान उपसभापति, सुरेन्द्र तण्डुकार सचिव र रितेश थकुलवट सदस्य छन् । संघले प्रदर्शन समितिको सभापतिमा प्रज्वल राणा र वितरण समितिको सभापतिमा गोविन्द बहादुर शाहीलाई चयन गरेको छ । संघको सल्लाहकारमा भने राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu