नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा ब्रह्मानन्दमले अभिनय गर्ने



‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा साउथका प्रख्यात कलाकार ब्रह्मानन्दमको प्रवेश भएको छ । निर्देशक चन्द्र पन्तले ब्रह्मानन्दमसँग कागजी सम्झौता गरेका हुन् । उनलाई मोटो पारिश्रमिकमा अनुबन्ध गरिएको जानकारी प्राप्त छ । कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दमले संसारमै सर्वाधिक धेरै चलचित्र खेल्ने जीवित कलाकारको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् ।

८० को दशकदेखि तामिल र तेलुगु भाषामा बनेका प्रायः चलचित्रमा उनले अभिनय गरेका छन् । उनले दक्षिण भारतका अधिकांश अभिनेता र अभिनेत्रीसँग काम गरिसकेका छन् । पछिल्लो समय उनी साउथ सुपरस्टार अल्लु अर्जुनका चलचित्रमा सर्वाधिक देखिँदै आएका थिए । तर, केही वर्षयता स्वास्थ्य समस्याले चलचित्रमा काम नगरेका ब्रह्मानन्दम नेपाली दर्शकमाझ पनि लोकप्रिय छन् ।

यसअघि ‘ह्रस्व दीर्घ’मा प्रसिद्ध भारतीय कलाकार (‘पुष्पा’का ‘सिनुभाई’) सुनिल वर्मा, ‘गजनी’ भिलेन प्रदीपराज रावत र दक्षिण भारतका चर्चित कमेडी कलाकार अली समेत अनुबन्धित भइसकेका छन् । चलचित्रमा नीतासँगै ज्योतिष अभिनेता हरिहर अधिकारीको मुख्य भुमिका रहनेछ । चलचित्रलाई बलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ‘ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । चलचित्रमा सरोज खनाल र सलोन बस्नेतले पनि अभिनय गर्नेछन् । चलचित्रको हाल स्कृप्ट लक भएसँगै प्रि-प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए । दशैंपछाडि असोज महिनाबाट चलचित्र फ्लोरमा जाने बताइएको छ । यो चलचित्रलाई संसारकै ठुलो फिल्म सिटी रामोजी स्टुडियोमा खिचिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu