८ वर्षपछि अमेरिकाबाट नेपाल फर्किइन् अरुणिमा



एक समयकी चल्तीकी अभिनेत्री अरुणिमा लम्साल सन् २०१५ तिर ग्रिनकार्ड बोकेर परिवारको साथमा अमेरिका उडेकी थिइन् । आफू अभिनीत चलचित्रहरु लगातार असफल हुन थालेपछि उनले अमेरिकाको बाटो रोजेकी थिइन् । अमेरिका पुगेको केही वर्षमा उनको श्रीमानसँग सम्बन्ध विक्षेद भयो । श्रीमानबाट अलग भएपछि उनी एक छोरीको साथमा अमेरिकामा बस्दै आएकी छन् ।

अमेरिकालाई कर्मथलो बनाउन थालेपछि उनको चलचित्रसँग दूरी बढ्यो भने उनी नेपाल समेत आउन पाएकी थिइनन् । करीब ८ वर्षपछि उनी यसै साता नेपाल आएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू ८ वर्षपछि अमेरिकाबाट नेपाल आएको जानकारी दिएकी छन् । यतिबेला उनी काठमाडौं घुमफिरका साथै चलचित्र क्षेत्रका आफ्ना घनिष्ट साथीहरुसँग भेटघाटमा व्यस्त छिन् ।

मंगलवार उनको अभिनेत्री रेखा थापासँग भेट भएको थियो । रेखासँग भेटको तस्विर सोसल मिडियामा शेयर गर्दै उनले ८ वर्षपछि भेट हुँदाको खुशी साटेकी छन् । चलचित्रमा सक्रिय रहँदा खुब मिल्ती रहेका उनीहरुले ‘धड्कन’, ‘मिस्टर मंगले’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ लगायतका चलचित्रमा सँगै काम गरेका छन् । अरुणिमा छोरीको साथमा अमेरिकाबाट नेपाल आएकी हुन् ।

उनी चलचित्रबाट टाढा बसेको ८/९ वर्ष भइसकेको छ । केही समय अगाडि अभिनेत्री ऋचा घिमिरेसँगको भिडियो कुराकानीमा आफू ढिलो चाँडो चलचित्रमा फर्किने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले केही समयका लागि विश्राम लिएको हुँ । तपाईंहरुसामु म फेरि आउँछु । कुन दिन कहिले भन्ने कुरा चाहिँ अहिले नै भन्न सक्दिनँ तर ढिलो-चाँडो चलचित्रमा अवश्य नै फर्किन्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu