केकी र आँचलको ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक



ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । टिजरबाट ‘झिँगेदाउ’को कथासार बुझाउन खोजिएको छ । टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि टाइटल टिजर सार्वजनिक गरेको बताए ।

आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको हो । भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित भएर निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । चलचित्रमा केकी र आँचल जेठानी-देउरानीको भुमिकामा देखिने छन् । रामजी लामिछानेकको कोरियोग्राफी रहेको केहीदिन अघि श्रीकाली चौरमा खिचिएको चलचित्रको ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीत आगामी हप्ता रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu