कात्तिक १८ लाई ‘बुलाकी’को प्रदर्शन मिति घोषणा



‘रेलको बाटो’ म्यूजिक भिडियोका निर्देशक लक्ष्मण सुनारद्वारा निर्देशित चलचित्र ‘बुलाकी’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार रोपाई दिवसको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक १८ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख तीन पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट कर्णाली लुक्समा प्रस्तुत छन् ।

जारी प्रथामाथि आधारित भएर निर्माण भएको चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको चलचित्रको डोल्पा, जाजरकोट र रुकुमका विभिन्न विकट स्थानमा छायांकन भएको हो । चलचित्रमा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले खिचेका हुन् । चलचित्रको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सघाएका छन् । गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल, सुविन सेन्चुरी र बादल थापाको संगीत रहेको चलचित्रलाई काठमाडौंमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu