अनमोल केसीले साइन गरे ‘छड्के २’



अभिनेता अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’को सफलतापछि नयाँ चलचित्र ‘हनी बनी’ साइन गरेका थिए । तर, छायांकनमा निस्कने बेला उनले चलचित्रबाट हात झिके । त्यसपछि उनले घरको चलचित्र ‘पारस’मा काम गर्ने चर्चा व्यापक चल्यो । तर, उनले फेरि एकपटक घरको चलचित्रलाई थाती राख्दै बाहिरी ब्यानरको नयाँ चलचित्र साइन गरेका छन् । उनी चलचित्र ‘छड्के २’मा भित्रिएका हुन् ।

अनमोलले दुई हप्ता अगाडि नै चलचित्र साइन गरेको निर्देशक निगम श्रेष्ठले मिडियाहरुलाई जानकारी दिएका छन् । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए । चलचित्रमा अनमोलबाहेक अरु कलाकारको टुंगो लागेको छैन । निर्देशक श्रेष्ठले ‘छड्के २’, ‘छड्के’को सिक्वेल नभएको प्रस्ट्याएका छन् । चलचित्रलाई सिरिजको रुपमा बनाउन लागेको उनको भनाई छ ।

चलचित्रमा अघिल्लो श्रृंखलाका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र नम्रता श्रेष्ठमध्ये कोही दोहोरिने छैनन् । निर्माण टिमले विपिनलाई दोहोर्‍याउन खोजे पनि उनले अनमोल बराबर पारिश्रमिक माग गरेपछि सहमति जुट्न सकेन । निर्माण टिमले साउन अन्तिमदेखि छायांकनमा निस्कने गरी अहिले कलाकार छनोट प्रक्रियामा जुटेको छ । चलचित्रको चितवन र मनाङमा छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu