अरुणिमाले अब टिनएजर लभस्टोरीमा काम नगर्ने



कुनै समय नेपाली चलचित्रमा आफ्नो राम्रो उपस्थिति जनाएकी अभिनेत्री अरुणिमा लम्सालले विगत ८ वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएकी छन् । परिवारसहित ग्रिनकार्ड बोकेर अमेरिका हानिएकी उनले ८ वर्षपछि यसै साता जन्मभूमिमा पाइला टेकिन् । नेपाल आएसँगै घुमफिर, पारिवारिक भेटघाट र चलचित्र क्षेत्रका आफू निकट चलचित्रकर्मीहरुसँग उनले भेटघाट गरिरहेकी छन् ।

बुधवार उनी हाँस्य कलाकार किरण केसीको जन्मदिन सेलिब्रेसन कार्यक्रममा छोरीसहित उपस्थित भएकी थिइन् । त्यहाँ उनले सञ्चारकर्मीहरुलाई चलचित्रमा कमब्याक गर्न आफू सकारात्मक रहेको प्रतिक्रिया दिइन् । उमेर र पर्सनालिटीलाई सुहाउने सम्झनलायक क्यारेक्टरबाट चलचित्रमा कमब्याक गर्न तयार रहेको उनको भनाई छ ।

No photo description available.

उनले करीब १८ वर्ष अगाडि अभिनय गरेको सुपरहिट चलचित्र ‘धड्कन’को यतिबेला निर्देशक नरेश पौडेलले सिक्वेल निर्माण गर्दैछन् । अरुणिमाले ‘धड्कन २’मा अभिनय गर्न तयार रहेको पनि संकेत गरिन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘चलचित्रको स्टोरीअनुसार क्यारेक्टमा हामी फिट भयौं भने अवश्य पनि काम गर्नेछौं । नरेश पौडेल दाईले टिनएजरलाई लिएर चलचित्र बनाउँछु भन्नु भयो भने हामीले काम गर्ने कुरा पनि आउँदैन । परिपक्व लभस्टोरी भयो भने चाहिँ म अभिनय गर्न तयार छु ।’

उनले अब आफू टिनएजर लभस्टोरीमा काम नगर्ने बताएकी छन् । अरुणिमाले ८ वर्षदेखि अमेरिकामा बस्दै आएको भए पनि चलचित्रको एक्सन-कट कहिल्यै विर्सन नसकेको बताएकी छन् । उनी भन्छिन्, ‘कुनै पनि कुरा मिस गर्न विर्सनु पर्छ तर मैले एक्सन-कट कहिल्यै विर्सिइनँ । मेरो मन-मस्तिष्कमा एक्सन-कट सदा जीवित रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu