६२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान



चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीवार बोर्डको २२औं वार्षिकत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण गरेका हुन् । यसअघि बोर्डले ४० जना चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको थियो ।

परिचयपत्र प्राप्त गर्ने ६२ जनामा चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, डा. भोला प्रसाद रिजाल, पवन मैनाली, किरण के.सी, मदन घिमिरे, उत्तम के.सी, उज्जवल घिमिरे, अर्जुन श्रेष्ठ, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, धिरेन शाक्य, दयाराम दाहाल, नारायण प्रधान, हिमाल केसी, मनोज कुमार केसी, बनिष शाह लगायत छन् ।

यसअघि बोर्डले नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुषाल, चेतन कार्की, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल लगायतलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको थियो । यो परिचयपत्र पाउने ४० जना चलचित्रकर्मीहरुमध्ये चार जनाको निधन भइसकेको छ । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीलाई राज्यले विभिन्न सेवा तथा सुविधा प्रदान गर्नेछ ।

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेहरुको नामावाली :-

१. चैत्यदेवी सिंह
२. मोहनलाल सराफ
३. गौरी शंकर धुजु श्रेष्ठ
४. नरेन्द्र बहादुर खड्का क्षेत्री (नरेन्द्र खड्का)
५. अर्जुन जंग शाही
६. रवि प्रसाद गिरी (रवि गिरी)
७. सानु कुमार ताम्राकार
८. ऋद्धिचरण श्रेष्ठ
९. राजाराम पौडेल
१०. सन्तोष पन्त
११. मन्दिल श्रेष्ठ
१२. उज्जवल प्रसाद घिमिरे
१३. पवन प्रसाद मैनाली
१४. भुवन के.सी.
१५. सुन्दरलाल श्रेष्ठ

१६. शिव ढकाल
१७. विरेन्द्र नारायण श्रेष्ठ
१८. किरण कुमार के.सी.
१९. जुजुभाई महर्जन (जय श्रेष्ठ)
२०. देशभक्त खनाल
२१. मदन घिमिरे निर्देशक
२२. प्रकाश चन्द्र सुबेदी चलचित्र पत्रकारिता
२३. एन.बी.महर्जन
२४. उत्तम के.सी.
२५. अर्जुन श्रेष्ठ
२६. गोपालकाजी कायस्थ
२७. राजेन्द्र शर्मा शलभ
२८. दिनेशराज दहाल (डि.सी.)
२९. धिरन शाक्य (धिरेन शाक्य)
३०. रुद्र प्रसाद पन्त (आर.पी. पन्त)


३१. हिमाल बहादुर के.सी.
३२. सुशील पोखरेल
३३. डा. भोला प्रसाद रिजाल
३४. दयाराम दाहाल
३५. बनिष विक्रम शाह
३६. नरेन्द्र महर्जन
३७. माधव प्रसाद थपलिया
३८. लक्ष्मणविक्रम बस्नेत
३९. कुल बहादुर महत
४०. उद्धवराज भट्टराई
४१. कमल कान्त सेढाई
४२. ज्योती लाल राना
४३. मनोज कुमार आचार्य
४४. मुकुन्द किशोर भट्टराई
४५ किशोर कुमार ढकाल
४६. नारायण प्रधान
४७. उत्तम द्वा
४८. शिवहरी नेपाल “वैरागी”
४९. चिरञ्जीवी बस्नेत
५०. दिर्घ वीर गुरुङ


५१. लव वैष्णव (शर्मा)
५२. मनोज कुमार के.सी.
५३. केशव प्रसाद पण्डित “शुरवीर”
५४. रिता राना (रितु)
५५ सपना श्रेष्ठ
५६. प्रदिपलाल श्रेष्ठ
५७. रामकाजी घिमिरे
५८. विकास राज आचार्य
५९. विजय देउजा
६०. ज्ञानेन्द्र बहादुर देउजा (ज्ञानेन्द्र देउजा)
६१. मदनमान पति बज्राचार्य
६२. राजकुमार पोखरेल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu