‘प्रसाद २’ कात्तिक ४ मा प्रदर्शन हुने



आगामी तिहारमा तीन नेपाली चलचित्रबीच भिडन्त हुने भएको छ । तिहारको विदालाई लक्षित गर्दै ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्र ‘नालापानी’ र मित्रताको कथामा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ले कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यसैक्रममा, यो मितिलाई अर्को नेपाली चलचित्रले पनि प्रदर्शन घोषणा गरेको छ । चलचित्र हो, ‘प्रसाद २’ ।

बिहीवार चलचित्रको निर्माण घोषणा गर्दै प्रदर्शन मिति तोकिएको हो । अब कात्तिक ४ मा तीन चलचित्र भिड्ने निश्चित भएको छ । तिहारमै चलचित्र ‘के घर के डेरा’ पनि प्रदर्शन हुने चर्चा छ । तर, यो चलचित्रले प्रदर्शन मिति तोकिसकेको भने छैन । लामो विदा हुने भएकाले चलचित्र प्रदर्शनका लागि तिहार उचित समय मानिन्छ । यसैले हरेक तिहारमा नेपाली चलचित्रबीच भिडन्त हुँदै आएको छ ।

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रसाद २’को आगामी साउनबाट बागलुङको रीघा गाउँमा छायांकन हुँदैछ । केशव पाण्डेसँग मिलेर सुभाष थापाले निर्माण गर्न लागेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, विशाल पहारी लगायतको अभिनय रहनेछ । चलचित्रमा सुशील पौडेलको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu