सुदर्शनको निर्देशनमा पूजासँग काम गर्दै अनमोल



निर्देशक सुदर्शन थापा र अभिनेता अनमोल केसीले नयाँ चलचित्रमा एकसाथ काम गर्ने भएका छन् । शुक्रवार अनमोलले सुदर्शनको निर्देशन र अभिनेत्री पूजा शर्माको निर्माण रहने अनटाइटल प्रोजेक्ट साइन गरेका हुन् । काठमाडौंको एक पाँचतारे होटलमा पूजा र अनमोलबीच कागजी सम्झौता भएको हो । यसअघि सुदर्शनले ‘प्रेमगीत’ लगायतका केही चलचित्रबाट अफर गरे पनि अनमोलले व्यस्तताका कारण काम गर्न सकेका थिएनन् ।

नाम जुर्न बाँकी रहेको चलचित्रमा अनमोलको जोडी पूजा शर्मासँग बाँधिनेछ । उनीहरुले पनि पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । केही समयअघि एक भेटमा अनमोलले पूजाको आफू ठूलो फ्यान रहेको बताउँदै एकसाथ चलचित्रमा काम गर्ने इच्छा रहेको बताएका थिए । पूजाले पनि आफ्ना हरेक चलचित्र पहिला अनमोललाई अफर हुने गरेको भएपनि सहकार्य हुन नसकेको दुखेसो पोखेकी थिइन् ।

चलचित्रको छायांकन कात्तिकपछि सुरु हुने जानकारी प्राप्त छ । चलचित्रको कथा निर्देशक सुदर्शन थापा स्वयंले लेखेका हुन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’देखि पूजाले सुदर्शन थापासँग मिलेर चलचित्र निर्माण गर्दै आएकी थिइन् । तर, यसपटक अनमोलसँगको चलचित्र पूजाको होम प्रोडक्सनमा मात्र निर्माण हुनेछ । यो चलचित्रलाई पूजाले आफ्नो ड्रिम प्रोजेक्ट बताउने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu