विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप ७ सम्म पुगेर चर्चा कमाएका आर्थर गनको रुपमा परिचित दिवेश पोखरेलले नेपालका विभिन्न शहरमा कन्सर्ट गर्ने भएका छन् । उनले आगामी भदौमा देशका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् ।

कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको छ । काँकडभिट्टा कन्सर्टबारे निर्णय भइसकेको छैन । नसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार, अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन् ।
अर्थरको नेपाल कन्सर्टको सबै जिम्मा ब्रेनसर्भिसले लिएको छ । कन्सर्टमा आर्थरले नेपाली गीतहरुलाई प्राथमिकता दिने बताइएको छ । नेपाल आएको बेला उनलाई काठमाडौंस्थित घरमा भव्य स्वागतको तयारी भएको छ । अर्थरको घर काठमाडौंको कलंकीमा छ ।